काठमाडौं – रुसले युक्रेनको महत्वपूर्ण पुल भत्काएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । उत्तरी सहर चेयनिभ र राजधानी किएभबीचको महत्वपूर्ण मार्ग रहेको उक्त पुल ध्वस्त भएपछि चेरनिभ र किएभबीच यातायातविच्छेद भएको छ ।
युक्रेनका मानवअधिकार लोकपाल न्युडमाइला डेनिसोभले देसना नदीको पुल सहरमा मानवीय सहायता पुर्याउन र फसेका नागरिकको उद्धारका लागि प्रयोग भइरहेको बताएका छन् ।
सहरमा बिजुली, पानी, ग्यासलगायतक आधारभूत प्रणाली नष्ट भएको उनको भनाई छ । क्षेत्रीय प्रशासन प्रमुख भियाचेस्लेभ चौसले एक भिडियोमार्फत युक्रेनको जीतपछि उक्त ठाउँमा नयाँ पुल बनाउने बताएका छन् । रुस र युक्रेनबीच एक महिनादेखि युद्ध जारी छ ।