०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान सकिएसँगै अहिले थुनछेक बहस चलिरहेको छ।

शाहको मंगलबार र जोशीको बुधबार बयान लिने काम सकिएपछि थुनछेक बहस जारी रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए।

बुधबार पीडित किशोरीतर्फ ९ जना र प्रतिवादीतर्फ ३ जना वकिलले बहस गरेका थिए। बुधबार बहस नसकिएपछि आज पनि जारी रहेको स्रेस्तेदार कुँवरले बताए।

स्रोतका अनुसार थुनछेक बहस आज सकिने र फैसला सम्भवतः आजै आउन सक्नेछ। ‘हिजो बाँकी रहेकाहरुको बहस अहिले भइरहेको छ। सम्भवत आजै फैसाला हुन्छ,’ स्रोतले भन्यो।

नाबालिगले आफूलाई करणी गरेको भन्दै फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको आरोपमा शाहलाई फागुन १५ गते पक्राउ गरेको हो। नाबालिगले गैंडाकोट प्रहरीमा समेत शाहले सुटिङका क्रममा करणी गरेको भनी जाहेरी दर्ता गरेकी थिइन्।

शाहले भने बयानका क्रममा पनि आफूले करणी गरेको स्वीकार गरेका छैनन्। उनका म्यानेजर जोशीले भने घटना मिलाउन सहयोग गरेको स्वीकारेका छन्।

करणीको समयमा नाबालिग १६ वर्षभन्दा कम उमेरको रहेको भन्दै सरकारी वकिलको कार्यालयले शाहलाई १२ देखि १४ वर्षसम्म सजाय माग गरेको छ। उनका म्यानेजर जोशीलाई पनि कम्तिमा आधा सजाय माग गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]