०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

काठमाडौं – एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (बिहीबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

तस्विर एन्फा
नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी थाइल्यान्डमा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । नेपालले सन् १९८७ यता तीन दशकको अन्तरमा थाइल्यान्डविरुद्ध खेल्न लागेको हो । सन् १९८७ मा नेपालले ओलम्पिक छनोटका क्रममा थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा दुवैमा नेपाल ३–० र २–१ ले पराजित रहेको थियो ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डमा बटुल्न अनुभव एसिया कप छनोटका लागि निकै उपयोगी हुने बताएका छन् । थाइल्यान्डविरुद्धको खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले युवा खेलाडीलाई अवसर दिन सक्नेछन् । थाइल्यान्डविरुद्धको खेलमा एएफसी कप खेल्ने तयारीमा रहेका मछिन्द्र फुटबल क्लब तथा राष्ट्रिय टोलीकै ८ महत्वपूर्ण सदस्य टोलीमा रहेका छैनन् । सोही कारण पनि यसपटक युवा खेलाडीले अवसर पाउनेछ ।

थाइल्यान्डसँगको खेलपछि नेपालले १३ चैतमा थाइल्यान्डको चोनबुरी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेकाथियो । टोलीले दुई दिन प्रशिक्षण गरिसकेका छन् ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि नेपालले माघ १५ गते र माघ १८ गते अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।

नेपाली टोली

किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]