२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १०, २०७८

सप्तरी – भारतको कर्नाटक उच्च अदालतले वैवाहिक बलात्कारको मुद्दामा फैसला गर्दै विवाह बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स नभएको बताएको छ।

टाइम्स अफ इन्डियाका अनुसार न्यायाधीश एम नागाप्रशन्नको एकल इजलास बुधबार आफ्नै श्रीमती भए पनि महिलाको मन्जुरीबिना शारिरीक सम्बन्ध राख्नु बलात्कार हुने बताएको हो।

श्रीमतीको इच्छाविपरीत शारिरीक सम्बन्ध राख्ने अधिकार श्रीमानलाई नभएको आदेशमा उल्लेख छ।

एक जना महिलाले श्रीमानले आफूलाई बलात्कार गरेको मुद्दा हालेपछि उनका श्रीमानले इन्डियन पेनल कोडको धारा ३७६ अनुसार सँगै बसेकी श्रीमतीसँग शारिरीक सम्बन्ध राख्दा आफूले बलात्कार गरेको नठहरिने भन्दै मुद्दा फिर्ता हुनुपर्ने माग गरेका थिए।

उक्त मुद्दाको सुनुवाइपछिको आदेशमा न्यायाधीश नागाप्रशन्नले भनेका छन्- विवाह संस्थाले पुरूषलाई विशेष अधिकार दिँदैन, दिन सक्दैन। मेरो विचार विवाह कुनै बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स हो भन्ने ठान्नु हुँदैन।

श्रीमतीमाथि जबरजस्ती यौनहमला चाहे उसको श्रीमानले नै गरे पनि त्यो बलात्कार नै हुने र पुरूष सजायको भागिदार हुने आदेशमा उल्लेख छ।

‘एउटा पतिले आफ्नी पत्नीमाथि गरिने यस्तो बलात्कारले उसको अन्तरआत्मा र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ। महिलाको आत्मालाई घाइते बनाइदिन्छ। कानुन बनाउनेहरूले यो मौनताको आवाज सुन्नुपर्छ,’ आदेशमा भनिएको छ।

अदालतले श्रीमानहरू श्रीमतीका शासक हुन्। श्रीमतीका देह, दिमाग र आत्माका स्वामी हुन् भन्ने पुरानो मान्यतालाई समाप्त गर्नुपर्ने आदेशमा उल्लेख गरेको छ। यस्ता पुरातन र पिछडिएका मान्यताका कारण देशमा वैवाहिक बलात्कारका घटना हुने गरेको अदालतको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]