३१ भाद्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर २१, २०७७

सप्तरी – कोरोनाभाइरस संक्रमण रोकथाममा सरकारले पछिलो ९ महिना देखि बन्द गरेको नेपाल-भारत नाका खोल्न खुला सीमा संवाद समूह द्वारा भारतीय नाकामा अनिश्चितकालीन धर्ना सुरु भएको छ ।
नेपाल-भारत खुल्ला सीमा संवाद समुहले भारतीय नाकासँग जोगिएको नेपाल क्षेत्रमा शनिबार अनिश्चितकालीन धर्ना सुरु गरेको हो । कोरोनाभाइरसको संक्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँग रहेको धार्मिक, सांस्कृतिक र राजनीतिक सम्बन्धमा असर पार्न नाटकीय रुपमा सीमा शीललाई सुनयोजित रुपमा निरन्तरता दिएको भन्दै अनिश्चितकालीन धर्नामा बसेका संवाद समुहका केन्द्रीय संयोजक राजीव झाले जानकारी दिए ।

भारतको जोगबनी र नेपालको विराटनगर नाकाको सिमाना विराटनगर भन्सार ढाट क्षेत्रमा सुरु गरेको धर्नामा विभिन्न दलका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता छ । स्थानीयले बन्द नाका खोल्न माग गर्दै धर्नामा सहभागिता जनाइरेहका छन् ।गत ९ महिनादेखि नेपाल–भारत नाका घोषित रूपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको संयोजक झाले बताए ।

घोषित रूपमा नाका खुला नहुँदा खुला सिमानाको फाइदा उठाउँदै मानिस आवतजावत गर्ने क्रम नरोकिएको र तस्करी र कालोबजारी गर्नेहरूलाई फाइदा भइरहेकोले तत्काल खोल्नुपर्ने समाजसेवी एवंम युवा नेता राकेश रोशन यादवले बताएका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले शील भएको नेपाल–भारत सिमाना अझै खुला भएको छैन । तर दैनिक सयौंको संख्यामा प्रहरीकै सामुन्ने नेपाल भारत ओहरदोहर गरिँदै आएको छ ।

स्थानीय अगुवाहरुका अनुसार प्रदेश १ का सबै जिल्लासँगै महोतरी, विरगन्ज, पर्सा, बारा, सिरहा भैरहवा लगायत नाका आसपासका बासिन्दाहरु अनिश्चितकालिन धर्नामा बसिरहेको बुझिएको छ । यसअघि विभिन्न संग संगठनहरुले सीमा शील नाका खोल्न धर्ना र प्रदर्शन गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]