२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

ताप्लेजुङ – निर्माण सुरु भएको झन्डै ११ वर्षपछि सिनाम नमुना माध्यमिक विद्यालयमा निर्मित दुई भवनको सोमबार उद्घाटन भएको छ । भारतीय दूतावासको सहयोगमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय झापाद्वारा निर्मित भवनको प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराई, संविधानसभा सदस्य भूपेन्द्र थेवे र नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव रोहित मिश्रले उद्घाटन गरेका हुन् ।

तीन करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा ठेकेदारले लगातार काम गरेको थिएन । कारबाही गर्दै काम सम्पन्न गराएको सहरी विकास कार्यालय झापाका प्रमुख राजेन्द्र खतिवडाले बताए । उनका अनुसार ठेकेदारलाई दुई पटक पेनाल्टी गराएका थिए । दुई भवनमा ४२ कोठा रहेको प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमले जानकारी दिए । विद्यालयले ६ सय विद्यार्थीका लागि छात्रावास भवन, कक्षा ११ र १२ का लागि महात्मा गान्धी छात्रवृत्ति, १० वटा स्कुल बस, अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान र घेराबाराको आवश्यकता रहेकाले चाहिने सहयोग गरिदिन पनि आग्रह गरेको छ ।

‘माग्नु त राम्रो कुरा होइन,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष उर्मिला थेवेले भनिन्, ‘तर विद्यार्थी संख्या धेरै र अन्य स्रोत नभएकाले माग्नु बाध्यता भयो ।’ प्रधानाध्यापक गौतमका अनुसार विद्यालय र क्याम्पसमा गरी दुई हजार अध्ययनरत छन् । विद्यालय र क्याम्पस एकै पटक लगाउँदा कक्षाकोठाले नपुग्ने भएकाले बिहान र दिउँसो गरेर लगाउने गरिएको उनले बताए । यहाँ विज्ञान, व्यवस्थापन, कृषिलगायत विधामा पढाइ हुन्छ । गाउँपालिकाले पनि ६ करोड रुपैयाँको लागतमा भवन निर्माण सुरु गरेको र दुई वर्षमा सक्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । ‘यहाँ विद्यार्थी संख्या अधिक र बाहिर जिल्लाबाट पनि धेरै आउन थालेपछि यसै वर्षको बजेटबाट लगानी गरेका छौं,’ गुरुङले भने, ‘ठेक्का प्रक्रियामार्फत समयावधि अगाडि नै सम्पन्न गर्ने सम्झौतासहित काम गराइरहेका छौं ।’

सांसद भट्टराई जिल्लाका अधिकांश विद्यालय भवन जीर्णोद्धार गर्नुपर्ने अवस्थाका भएको र कतिपयमा भवन नै नभएकाले दातृ संस्थाको खोजी गरिएको बताए । एचपीएफ नामक गैरसरकारी संस्थाको सहयोगमा २४ वटा र युनाइटेड वर्ल्ड स्कुलको सहयोगमा २८ वटा भवन बनाइने उनले जानकारी दिए । ‘हाम्रो आफ्नो स्रोतसाधनले पनि निर्माणको काम त भइरहेको छ,’ भट्टराईले भने, ‘धेरै वर्ष लाग्ने भएपछि दातृ संस्थाको खोजी गर्नुपरेको छ ।’ कतिपयले शिलान्यास गरेको ६ महिनामा नै निर्माण सम्पन्न गर्ने काम गरिरहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]