२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

सप्तरी – राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक अर्थात हवल्दारले आठ वर्षदेखि राजधानीका विभिन्न होटल,रेष्टुरेन्ट र रिसोर्टबाट मासिक असुल्ने र सित्तैंमा रक्सी खाने गरेको उजुरी परेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् खटिएका हवल्दार विनोद साउदले विशेषगरी कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा रहेका होटल,रेष्टुरेन्ट र रिसोर्टलाई टार्गेट गरेर रकम उठाएको आरोप छ ।

उनले सो क्षेत्रका ठूला रेष्टुरेन्ट,होटल र रिसोर्ट व्यवसायीहरुसँग महानगरीय प्रहरी वृत्त कीर्तिपुरको घुमुवा भन्दै खाजाखर्च उठाएको र आफूहरुले पनि दिएको व्यवसायीहरुले बताएका छन् ।

नाम नबताउने शर्तमा एक जना व्यवसायीले भने, ‘विशेषगरी चोभार र फर्पिङ इलाकाको गेष्ट हाउसबाट उनले कीर्तिपुरका डीएसपीको लागि भन्दै रकम माग्थे ।चोभार र फर्पिङका अधिकांश गेष्ट हाउसमा रातिभन्दा दिउँसोको व्यापार मालामाल हुने भएकाले हामीले पनि व्यवसायमा असर नपरोस् भनेर खुईंखुईं रकम दिएका हौं । उनले मात्र खाए कि डीएसपीलाई पनि दिए, भगवान जानुन् ।’

स्रोतका अनुसार साउद आठ वर्षदेखि उक्त इलाकामा कार्यरत छन् । उनले मागेको बखत रकम नदिने व्यवसायीहरुलाई राति ढिलोसम्म व्यवसाय खोल्न दिँदैनथे ।

पैसा नदिने होटल र रेष्टुरेन्ट अगाडि प्रहरीको सीआरभी भ्यान लगी राख्न लगाउने गरेको व्यवसायीहरुको आरोप छ । उक्त सन्दर्भलाई हेर्दा साउदसँग कीर्तिपुर प्रहरीको समेत मिलेमतो देखिएको स्थानीय बताउँछन् ।

उनले पछिल्ला दिन विशेषगरी कीर्तिपुरका लहना र सस: जस्ता रेष्टुरेन्टमा साथीभाइसँग साँझ ढिलो प्रवेश गरी खाएर होहल्ला गर्थे । त्यसपछि प्रहरी बोलाएर ढिलोसम्म खोलेको भन्दै रेष्टुरेन्ट खालि गर्न लगाउँथे र उठेको बीलसमेत नतिर्ने रणनीति बनाएका थिए भनिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]