२३ आश्विन २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८
Sorry No Photo is selected hare

सप्तरी – नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचनासँगै आगामी स्थानीय चुनावको तयारी लगायत विषयलाई समेटेर राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

काठमाडौंमा प्रारम्भ भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा बुधबार अध्यक्ष ओलीले प्रस्तुत गरेको १५ पृष्ठ लामो प्रतिवेदनमा एमालेप्रति जनताको आकर्षण बढेको जिकिर गरेका छन्। अब संगठनका आन्तरिक क्रियाकलापलाई छोडेर स्थानीय चुनावमा केन्द्रित हुन आवश्यक रहेको औंल्याएका छन्।

अहिले चलिरहेको पार्टी प्रवेशले राम्रो सङ्केत गरेको जनाउँदै यो कार्यक्रमलाई अझै तीव्रता दिनुपर्नेमा जोड दिइएको छ। प्रतिवेदनमा भनिएको छ, ‘पार्टी प्रवेशको यस शृङ्खलालाई आगामी दिनमा झनै तीव्र पार्नुपर्छ र जनअभिमतबाटै हाम्रा विरुद्धको घेराबन्दीलाई तोड्नुपर्छ।’

उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले जित हासिल गर्ने दाबी गरेका छन्। प्रतिवेदनमा एमालेको जितका १८ वटा आधार देखाइएका छन्।
अध्यक्ष ओलीले स्थानीय चुनावको तयारीका लागि पनि कार्यक्रम अघि सारेका छन्। उनले पार्टी स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा चुनावी घोषणापत्र जारी गर्नुपर्ने बताएका छन्। केन्द्रसँगै प्रत्येक स्थानीय तहले स्थानीय मुद्दालाई ध्यानमा राखेर सबै स्थानीय तहमा ९ वैशाखमै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन्।

यससँगै अध्यक्ष ओलीको प्रतिवेदनमा सरकारको चर्को आलोचना गरिएको छ। सरकार गठन भएको आठ महीनामा पाँच वटा गलत काम गरेको औंल्याइएको छ।

सरकारले संविधान र लोकतन्त्रको मानमर्दन गरेको, संसद्‌लाई बेकम्मा सावित गर्ने दुराशय राखेको, निषेध, ध्रुवीकरण र घृणाको राजनीति शुरू गरेको, अर्थतन्त्रलाई सङ्कटग्रस्त अवस्थामा पुर्‍याएको, राष्ट्रिय हितप्रति बेवास्ता गरेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोप लगाएका छन्।
यस्तै, अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्तारूढ दलले दोहोरो भूमिका खेलेको उनको जिकिर छ। यसमा उनले नेकपा (माओवादी केन्द्र) को आलोचना गरेका छन्। माओवादीकै कारण एमसीसी विवादित भएको जिकिर गरेका छन्।

अब एमसीसीलाई लिएर जनतामा विभाजन आउने काम गर्न नहुने उनको भनाइ छ। ‘एमसीसी परियोजना सम्बन्धी सम्झौता संसद्‌बाट अनुमोदन भइसकेको छ। अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ,’ ओलीले भनेका छन्, ‘पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ।’

बुधबारदेखि शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ। यसमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै समसामयिक विषयमा छलफल हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]