२१ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का आठ पद चार महिनादेखि रिक्त छन्। तर, बढुवा प्रक्रिया अहिलेसम्म सुरु हुन सकेको छैन। बढुवाका आकांक्षी धेरै हुनु र रिक्त पद थोरै हुँदा बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।

एसएसपी सुदीप राजभण्डारी गत मंसिर ९ मा उमेरहदका कारण अनिर्वाय अवकाशमा गएका थिए। एसएसपीको फुली लगाएकै भोलिपल्ट उनी अनिवार्य अवकाशमा गएका थिए। प्रहरी नियमावली, २०७१ को नियम १२७ मा प्रहरी उपरीक्षक (एसपी) र एसएसपीको उमेर हद ५५ वर्ष तोकिएको छ। २०२३ साल मंसिर १० मा जन्मिएका उनी ५५ वर्षे उमेर हदका कारण मंसिर ९ गते अनिवार्य अवकाशमा गएका थिए।
राजभण्डारीसँगै रिक्त हुन थालेको एसएसपीको रिक्त दरबन्दी हालसम्म आइपुग्दा ८ पुगेको छ। भण्डारीपछि विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा गएका थिए। उनी मंसिरमै उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन्।

त्यसैगरी, मंसिर २५ मै उमेर हदकै कारण एसएसपी शेखर कोइराला पनि अनिवार्य अवकाशमा गएका थिए। हरिराज वाग्ले पुस १४ मा अनिवार्य अवकाशमा गएका थिए। पुसको अन्तिम साता पूजा सिंह प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएकी थिइन्। त्यसपछि रिक्त एसएसपीको संख्या ७ पुगेको थियो।

पुस ९ गते एसएसपी सुशील यादवले आफू कार्यरत संघीय प्रहरी इकाई कार्यालयमा झुण्डिएर आत्महत्या गरेपछि रिक्त एसएसपीको संख्या ८ पुगेको छ। रिक्त ८ पदमा बढुवा हुनका लागि धेरैजना एसपी प्रतिस्पर्धामा छन्।

२०५१ को टोलीबाट गणेश चन्द र दिल्लीराज विष्ट बढुवा लाइनमा छन्। उनीहरुको ब्याची भने यसअघि नै बढुवा भइसकेका छन्। त्यसपछि २०५३ मा राष्ट्रिय अनुसन्धानको इन्स्पेक्टर भएर पछि मन्त्रिपरिषदको निर्णयबाट नेपाल प्रहरीमा समावेश भएकाहरु र नेपाल प्रहरीमा २०५४ सालमा इन्स्पेक्टर भएकाहरु बढुवाको लाइनमा छन्।

यी दुई टोलीबाट एकै पटक २०७४ साउनको पहिलो साता ३५ जनालाई एसपीमा बढुवा गरिएको थियो। उनीहरु रिक्त ८ पदमा बढुवाको प्रतिस्पर्धामा छन्।

उनीहरुमध्ये पहिलो नम्बरमा सिद्धिविक्रम शाह छन्। त्यसपछि सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, ईश्वर कार्की, केदार रजौरे, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्यलगायत एसपीहरु बढुवाको लाइनमा छन्।

अहिलेसम्म बढुवाको कुनै प्रक्रिया अघि नबढेकाले अबको केही समयमा चुनावी आचारसंहिता लागू हुने हुँदा तत्कालै एसएसपीमा बढुवा हुने सम्भावना भने न्यून छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]