सल्यान – राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोलामा सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोका कारण बा २ क ८०७० नम्बरको एक्स्काभेटर पुरिएको छ ।
मंगलबार राति एक्कासि माथिबाट आएको सुख्खा पहिरोले एक्स्काभेटर पुरिँदा चालक २७ वर्षीय हिमनाथ योगी घाइते भएका छन् ।
सुख्खा पहिरोले एक्स्काभेटर पुरिएपछि राप्ती राजमार्ग १० घण्टादेखि यातायात अवरुद्ध भएको छ ।स्थानीय तथा प्रहरीको सहयोगमा समयमै चालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । घाइते चालकको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको उनले जानकारी दिए ।
सडक माथिबाट पहिरोसँगै ठूला–ठूला ढुंगासमेत खसेकाले हटाउन केही समय लाग्ने उनले जानकारी गराए ।