२० आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

सप्तरी – याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

९२ वर्षिय सराफ विगत एक महिनादेखि नयाँदिल्लीमा उपचाररत थिए।

उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

सन् १९३० मा भारतको गुवाहाटीमा जन्मिका सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा सञ्चालकसमेत हुन्। उनले सन् १९६३ यता भारतबाट काठमाडौं आइ नियमित रुपमा बस्दै आएका थिए।

उनका दुई जना छोराहरू (उमेश र अरुण) छन्।

सराफले दरबारमार्गमा सन् १९७७ मा याक एन्ड यती होटल स्थापना गरेका थिए ।

यस्तै सन् १९९० मा सराफले तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल (हायात रिजेन्सी काठमाडौं) को स्वामित्व लिएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]