०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

सप्तरी – दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर एमाले पोलिटब्युरो सदस्य प्रभु साह पक्षधरले निरन्तर गरिररहेको आन्दोलनप्रति एमाले सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् ।
सो घटनालाई लिएर साह पक्षले रौतहटमा निरन्तर प्रदर्शन गरेपछि सांसद झाले साहले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई ‘राजनीतिकरण’ गरेको आरोप लगाउँदै आन्दोलनमा नजान आग्रहसमेत गरेकी छिन् ।

‘दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु । साथै यस आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको जानकारी गराउँदै गैरआधिकारिक जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न आमएमाले कार्यकर्ता र नेतागणलाई आग्रह गर्दछु,’ साहले भनेकी छिन् ।

साह पक्षधरले गरेको आन्दोलनलाई व्यक्तिगत स्वार्थको संज्ञा दिँदै पार्टीको कुनै पनि आधिकारिक निर्णय नभएको पनि केन्द्रीय सदस्यसमेत रहेकी झाको भनाइ छ । ‘कुनै एउटा व्यक्तिको ब्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई बदनाम नगर्न/नगराउन सचेत गराउँदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनी दिन्छु,’ झाले अपिल गरेकी छिन् । ​

यो पनि
हर्षाहा दुर्घटना : प्रभु साहको नाम जोडेकोमा एमाले रौतहटको आपत्ति
​मौलापुर नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको नागेन्द्र साहको बा १७ च ६१३३ नम्बरको गाडीले २ चैतमा ठक्कर दिँदा जितेन्द्र पटेल र हरिकुमार ठाकुरको ज्यान गएपछि जिल्लामा दिनहुँ प्रदर्शन भइरहेका छन् । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पोलिटब्युरो सदस्य साहकी श्रीमती हुन् भने नगरपालिकालाई भाडामा गाडी चलाउन दिने नागेन्द्र उनका भाइ हुन् ।

गाडी दुर्घटनामा पोलिटब्युरो सदस्य साहको परिवार जोडिएपछि साहले त्यसमा निरन्तर आपत्ति जनाउँदै आएका छन् । ‘सवारी चालकले गुडाइरहेको गाडीवाट दुर्घटना भएको, चालक घटनास्थलवाटै पक्राउ तत्कालै समातिएको विषय जगजाहेर हुँदा’ प्रशासनले पोलिटब्युरो साहको परिवार जोडिएकै कारण राजनीति गरिएको भन्दै एमाले जिल्ला कमिटीका अध्यक्ष त्रिभुवन साहले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए ।

‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनु सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गरेको’ साह पक्षधरले आरोप लगाउँदै आएको छ । जसका कारण रौतहटमा साह पक्षधरले निरन्तर प्रदर्शन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]