११ माघ २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

सिरहा – नेपालमा आसन्न स्थानीय तह चुनावका लागि आचारसंहिता तयार भएको छ । निर्वाचन आयोगले तयार गरेको आचारसंहिताको कार्यान्वयन हुने तिथि अहिले सार्वजनिक भइसकेको छैन् ।

चुनावलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित बनाउन आचारसंहिताको महत्वपूर्ण भूमिका हुन्छ । आयोगले तयार गरेको आचारसंहिताले चुनावमा हुने कयौं प्रकारको विकृतिलाई नियन्त्रण गर्छ ।चुनावमा सबैले उम्मेदवार र राजनीतिक दलहरुले समान किसिमको अवसर पाउछन् । निर्वाचन आयोगले निर्धारण गरेको मापदण्ड भित्र रहेर उम्मेदवार र राजनीतिक दलहरुले काम गर्नुपर्छ ।चुनावलाई व्यवस्थित र निष्पक्ष गर्न सबै दलले अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्छ ।चुनावमा मतदाताले स्वतन्त्र रुपमा मतदान गरेका व्यक्ति नै जनप्रतिनिधिको रुपमा निर्वाचित हुनुपर्छ ।

चुनावमा मतदाताहरु सबै प्रकारको प्रलोभन, भयत्रासबाट मुक्त हुनुपर्छ ।उनीहरुलाई मतदानका लागि शान्तिपूर्ण वातावरण बन्नु पर्छ ।चुनावका लागि अनुकूल वातावरण बनाउन आचारसंहिताको अक्षरशःपालना आवश्यक छ ।निर्वाचन आयोगले बनाएको आचारसंहिताको उम्मेदवारहरुका लागि खर्चको सीमा निर्धारण गरिएको छ ।तर त्यस भन्दा कयौं सय गुणा बढी खर्च गरिन्छ ।चुनाव अत्यन्त महँगो भएको छ ।सामान्य नागरिकले जनसेवामा सदैव समर्पित भएर मात्र चुनाव जित्न सक्ने वातावरण छैन् ।कोही त्यस्ता व्यक्तिले चुनाव जिते पनि त्यो विशिष्ट हुनेछ ।चुनावमा नमुना(डमी) उम्मेदवारहरु पनि धेरै उठेका हुन्छन् ।चुनावमा जित्न सक्ने प्रतिस्पर्धामा रहेका त्यस्ता उम्मेदवारहरुले नमुना उम्मेदवार उठाउने गर्छन् ।

उनीहरुले उठाएका त्यस्ता नमुना उम्मेदवारहरुको सुविधालाई प्रयोग गर्छन् ।स्थानीय तह अन्तरगतको महानगर, उपमहानगरपालिकाको चुनावमा प्रतिस्पर्धामा रहेका उम्मेदवारले करोडौ खर्च गर्ने तयारीमा छन् ।त्यस्तै नगरपालिका मेयर र कयौं गाउँपालिकाका अध्यक्ष पदका लागि समेत भारी रकम खर्च गर्ने क्षमता उम्मेदवारहरुले विकसित गरिसकेका छन् ।उम्मेदवार हरुले निर्वाचन आयोगमा बुझाउने विवरणको भन्दा कयौं गुणा बढी खर्च चुनावमा गरिएको हुन्छ ।नेपालमा कुनै पनि उम्मेदवारले निर्वाचन आयोगमा यथार्थ खर्च विवरण बुझाउँदैनन् ।निर्वाचन आयोगले पनि विवरणको वास्तविकता बुझ्ने प्रयास गर्दैन् ।उजुरी नपरे सम्म उम्मेदवार हरुले पानी जस्तै रुपैया बगाए पनि निर्वाचन आयोगले सोधखोज गर्दैन् ।

आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको मनोनयन पत्र नै खारेज गर्न सक्ने निर्वाचन आयोगको अधिकार छ ।तर उसले त्यस्तो अधिकार प्रयोग गर्न चाहँदैनन् ।चुनावलाई निष्पक्ष बनाउन आचारसंहिता बनाउनुका साथै त्यसको कार्यान्वयनमा जोड दिनुपर्छ ।आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले स्वतन्त्र र निष्पक्ष रुपमा नै कार्वाही गर्नुपर्छ ।दलगत स्वार्थमा आयोग पर्नु हुँदैन् ।दलहरुको सिफारिसमा नियुक्त भएका निर्वाचन आयोगका आयुक्तहरुले निर्वाचनको निष्पक्षतालाई जोगाउन सक्नु पर्छ ।धाँधलीरहित चुनाव गराउन नसके निर्वाचन आयोगमाथि असफलताको आरोप लाग्न सक्छ ।त्यसकारण निर्वाचन आयोगले आचारसंहिताको पूर्ण रुपमा पालना गराउन हरसंभव प्रयास गर्नुपर्छ ।चुनावलाई निष्पक्ष रुपमा सम्पन्न गराउनु आयोगका लागि चुनौती र अवसर पनि हो ।त्यसमा आयोग चुक्नु हुँदैन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]