२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०९, २०७८

जनकपुरधाम – जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह र बेलायती राजदूत निकोला पोलिट बीच भेटवार्ता भएको छ । जउनपा मेयर लाल किशोर साहको कार्यकक्षमा भएको भेँटमा राजदूत पोलिटले जनकपुरधामको विकास निर्माण तथा पर्यटन सम्वन्धी जिज्ञासा राखेका थिए ।

उनले जनकपुरधामको विकास र पर्यटन प्रवद्र्धनकालागि बेलायत सरकार प्रतिवद्ध रहेको भन्दै सक्दो सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् । बेलायती राजदूत पोलिटले यहाँको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा संघ र प्रदेश सरकारले के कति सहयोग गरेका छन् सो बिषय समेत उठान गरेकी थिइन् ।

जवाफमा मेयर साहले यहाँको विकास निर्माणमा जनकपुरधाम उप–महानगरको बजेटले भएको र सडक एडिविको ऋण सहयोगमा बनेको जसको ब्याज जनकपुरधामवासीको करले तिर्ने गरेको जानकारी दिए । उनले भने–‘संघ सरकारको वक्रदृष्टिले जनकपुरधामको विकासमा अवरोध गरेको छ । हामी संघ सरकार संग आशा राखेपनि त्यो अहिले सम्म पाउन सकेको छैन् ।’

जनकपुरधाममा पर्यटनको प्रचुर सम्भावना रहेपनि संघ सरकारले कुनै चासो नलिएको गुनासो समेत गरेका थिए । यहाँ रहेका भौतिक संरचनाहरु र यहाँका कला, संस्कृति हेर्न विदेशीहरु यहाँ आउछ तर, उनीहरु त्यो नहेरि फर्कीने अवस्था रहेको समेत मेयर साहले गुनासो पोखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]