१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

सप्तरी – शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता विराटनगरमा शुरू भएको छ ।

मंगलवार विराटनगरस्थित शहीद रंगशालामा भएका खेलमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन रानाले ६ गोल, सुमितकुमार कामीले ५ गोल र राजेन्द्र कार्कीले २ गोल गरेका थिए ।

खेलको ‘म्यान अफ द म्याच’ सेनाका सुमितकुमार कामी भए ।

दोस्रो खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल प्रदेश १ का कृष्ण तामाङले गरे । खेलको ‘म्यान अफ द म्याच’ प्रदेश १ का नरेश थापा मगर भए ।

तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका लागि दीपकराज जोशी र गणेश खगुनाले १–१ गोल गरे । खेलको ‘म्यान अफ द म्याच’ सुदूरपश्चिमका गणेश खगुना भए ।

चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन् । २०७५ सालमा झापामा भएको पहिलो संस्करण गण्डकी प्रदेशले जितेको थियो भने २०७६ सालमा विराटनगरमा सम्पन्न दोस्रो संस्करणमा लुम्बिनी प्रदेशले गण्डकीलाई फाइनलमा टाइब्रेकरमा ५–३ गोलमा पराजित गरेको थियो ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरे । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, नेपाली कांग्रेस प्रदेश १ का सदस्य राजेश गुप्ता लगायतले शुभकामना दिएका थिए ।

नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधवारको पहिलो खेल गण्डकी प्रदेश र नेपाल आर्मी, दोस्रो खेल मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश तथा तेस्रो खेल लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक रञ्जन थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]