२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

सप्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, ७ वर्षको बच्चाको पढाई र श्रीमतीको रोजगारीको लागि पहल गर्ने बताए । राना काभ्रेको महाभारत गाउँपालिका निवासी हुन् ।

बागमती गाउँपालिका–४ (साविकको फापरबारी–१) झुरझुरेमा २०६२ माघ ८ को साँझ ६ बजेदेखि तत्कालीन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भिडन्त सुरु हुँदा उनी घाइते भएका थिए ।

झन्डै १२ घण्टासम्म चलेको भिडन्तमा ३ सर्वसाधारणसहित ३९ जनाको मृत्यु भएको थियो । ५० जनाभन्दा बढी घाइते भएका थिए । घाइतेपछि उनलाई सहयोद्धा साथी र जनसेनाको प्राथमिक उपचार टोलीले सामान्य उपचार गरेको थियो ।

टाउकोमा गोलीका छर्रा भएको मगरले विभिन्न अस्पतालमा उपचार गराए । उपचारपश्चात दुखाइ र हिँडाइमा केही सहज त भयो तर टाउकोमा रहेको गोली छर्रा भने निकालिएन । बाहिरी अंगको चोट ठीक भए पनि शरीरमा रहेका गोलीका छर्राले उनलाई सधै दुःख दिइरह्यो ।

उक्त गोलीका छर्राको कारणले विगत ५ वर्ष पहिलादेखि नै उनको बोल्न सक्ने अवस्थामा छैन । त्यसैको असर विस्तारै शरीरमा हुँदै गएपछि हाल उनको दुईवटै खुट्टाको अपरेसन गरि वीर हस्पिटलमा उपचार भइरहेको छ ।

रानालाई प्यारालाइसिस भएपछि उनको खुट्टा काट्नु परेको थियो । आर्थिक अवस्था कमजोर भएका ३३ वर्षीय रानाको टाउकोमा लागेका गोलीका छर्रा भने अहिलेसम्म निकाल्न सकिएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]