विराटनगर – आरोहण गुरुकुलको नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरिएको छ ।
मंगलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय दूतावासका द्वितीयसचिव प्रशान्तकुमार सोनाले संयुक्त रूपमा भवनको उद्घाटन गरे । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरको सहयोगमा भवन निर्माण भएको हो ।
भवन निर्माणको लागत तीन करोड ५१ लाख रुपैयाँ छ । मेयर पराजुलीले कला, संस्कृति सम्वर्द्धनका लागि नाट्यशाला सहयोगी हुने बताए ।
नाट्यशालाका प्रमुख एवं रंगकर्मी सुनील पोखरेलले सुविधासम्पन्न नाट्यशाला निर्माणले नाट्य विधाको प्रवर्द्धनका साथै कला, संस्कृति र संस्कार उजागर गर्न बल पुग्ने बताए ।