०३ चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

रामपुर – रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ढाका बुनाइ तालिम सुरु भएको वडा सचिव हरिप्रसाद भण्डारीले बताए । यहाँका १५ महिला तालिममा सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बनाउन महिलालाई सीपमूलक तालिम उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् ।

सहभागीलाई मेसिन, धागो, प्रशिक्षकलगायत खर्च व्यवस्थापन गाउँपालिकाले उपलब्ध गराएको छ । घरायसी कामधन्दासँगै फुर्सदको समयमा ढाका कपडा बुनेर आर्थिकस्तर उकास्न सकियो भने महिला परनिर्भरता हट्ने महिला सञ्जाल रम्भाका अध्यक्ष कुविजा अर्यालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]