२८ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

सप्तरी – दोस्रो विश्वयुद्धमा नाजी हलकस्टबाट बाँचेका एक युक्रेनी नागरिकको खार्किभमा रुसी सैनिकले चलाएको गोली लागेर मृत्यु भएको छ।

९६ वर्षका बोरिस रोमाट्सचेनलाई उनको अपार्टमेन्टमा रुसी सैनिकद्वारा चलाइएको गोली लागेको आफन्तले बताएका छन्।

उनी ‘बुकनबाल्ड एण्ड मिटनबाल्ड डोरा मेमोरियल फाउनडेशन’ सँग आवद्ध थिए। उनको मृत्युको खबर असाध्यै मार्मिक रहेको फाउनडेशनले जनाएको छ।

उनको मृत्यु रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाली नागरिकलाई युक्रेनमा ‘नाजी निर्मूल पार्ने’ बताएको तीन सातापछि भएको हाे। पुटिनले युक्रेनका राष्ट्रपति भोलाेडिमिर जेलेन्स्की पनि नाजी परिवारबाट रहेको दाबी थिए । तर युक्रेनका राष्ट्रपति जेलेन्स्की यहुदी हुन्।

बोरिसको जन्म सन् १९२६ को जनावरी २० मा भएको थियो। सन् १९४२ मा सोभियत संघलाई पराजित गरी आएका जर्मनीका नाजी सेनाले उनलाई जबरजस्ती कडा श्रममा लगाएको थियो। सन् १९४३ मा उनको भाग्ने प्रयास विफल भएपछि जबरजस्ती कन्सन्ट्रेसन क्याम्पमा राखिएको थियो। यो क्याम्पमा सन् १९४५ को युद्ध समाप्ती घोषणा अघि ५६ हजार ५ सय ४५ जनाले ज्यान गुमाएका थिए।

सन् १९४१ देखि १९४५ सम्म नाजी शासकले यूरोपमा ६० लाख यहुदीको हत्या गरेका थिए। उनी याे आक्रमणबाट जाेगिए पनि रुसी हमलाबाट भने जाेगिन सकेनन्।

रुसका सैनिकहरुले खार्किभमा निर्दयी तरिकाले निरन्तर गोलाबारी गरिरहेका छन्। यो आक्रमणम ५०० युक्रेनी नागरिकको मृत्यु भईसकेको युक्रेनले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुने मध्येका एक ९ वर्षका बालक रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]