०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

सप्तरी – मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७-७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो । यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको विभागले जनाएको छ । गत आवमा इतिहासमै पहिलोपटक १ खर्बमाथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर पुनः रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई वस्तुले ऐतिहासिक उचाइमा पु¥याएको हो ।

नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेललगायतको छ । आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ । यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो ।

यसैगरी, इन्डोनेसिया, मलेसियालगायत देशबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ । यी वस्तु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ । नेपाली व्यावसायीले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाएको छ । तर, यसमा भ्यालु एड भने हुने गरेको छ । निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ । निर्यात हुने अन्य वस्तुमा ओभन फेब्रिक जुट रहेको छ । यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ ।

यस्तै, कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ । यसैगरी, अलंैची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामग्रीमा धेरैजसो धागोकै उत्पादन रहेका छन् ।

चालू आर्थिक वषको बितेका आठ महिना साउनदेखि फागुनमसान्तसम्ममा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको हो ।

विभागको तथ्यांकअनुसार ८७ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ बराबरको डिजेल, ४० अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको एलपी ग्याँस र ३९ अर्ब ८५ करोड ६९ लाख रुपैयाँ बराबरको पेट्रोलको आयात भएको हो ।

यसैगरी, आयातको दोस्रो नम्बरमा सोयाबिन तेलको आयात भएको छ । आठ महिनामा ४३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बराबरको तेलका लागि आवश्यक कच्चा पदार्थको आयात भएको हो । ३० अर्ब ९९ करोड बढीको पाम तेल, २८ अर्ब १७ करोड बढीको सुन, ३३ अर्ब ७६ करोड बढीको मोबाइल फोन आयात भएको छ ।

आयातको दोस्रो नम्बरमा रहेको सोयाबिन तेलको निर्यात पहिलो नम्बरमा रहेको छ । आठ महिनाको अवधिमा नेपालले १ खर्ब ७१ अर्ब ६६ करोड १८ लाख रुपैयाँ बढीको सोयाबिन तेलको निर्यात गरेको छ ।
नेपालका तेल उद्योगीले विभिन्न देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थका आयात गरेर नेपालमा प्रशोधन गरी पुनः तेस्रो देशमा निर्यात गर्ने गरेका छन् । राजधानी दैनिकमा मधुजंग पाण्डेले खबर लेखेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]