२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

काठमाडौँ – बेमौसमी आँप बजारमा किनबेच हुन थालेको दुई महिना नाघिसकेको छ । मौसमी आँप जेठ अन्त्यदेखि बजारमा आउन थाल्छ । बेमौसमी आयातित आँप भने माघदेखि नै नेपाली बजारमा आउन थालिसकेका छन् ।

अहिले भारतबाट आउने आँप प्रतिकिलो ४ सय ५० रुपैयाँमा बिक्रीवितरण भइरहेको कालीमाटीका फलफूल व्यवसायी बताउँछन् । ‘गर्मी बढेसँगै आँपको माग पनि बढ्छ,’ कालीमाटीमा फलफूल व्यवसाय गरिरहेकी कविता शाहले भनिन् । ‘सिजन सुरु नभएसम्म मूल्य यस्तै हो । माग बढ्यो भने मूल्य झन् बढ्न सक्छ,’ उनले भनिन् । आँपको मौसममा भने प्रतिकिलो १ सय रुपैयाँदेखि १५० रुपैयाँसम्म कारोबार हुन्छ ।

चालु आर्थिक वर्षको सात महिनामा ४५ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको फ्रेस र सुकेको आँप र अम्बा आयात गरिएको भन्सार विभागको तथ्यांक छ । ९५ लाख ७४ हजार ५ सय ३४ किलो आँप र अम्बा भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको विभागले बताएको छ । नेपालको तराईदेखि मध्य पहाडको बेंसीसम्म आँपखेती हुन्छ । झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुरलगायत २४ जिल्लामा व्यावसायिक आँप खेती हुने गरेको केन्द्रले जनाएको छ ।

विशेषगरी आँप वर्ष बिराएर फल्ने भएकाले ३/४ वर्षमा एक वर्ष मात्र राम्रो बाली पाउन सकिने राष्ट्रिय फलफूल विकास केन्द्र प्रमुख राजेन्द्र कोइरालाले बताए । आर्थिक वर्ष २०७६/७७ मा ५१ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ । कुल क्षेत्रफलको ४२ हजार १ सय ९६ हेक्टर उत्पादनशील क्षेत्रबाट ४ लाख ५३ हजार ४ सय १६ टन आँप उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । नेपालमा आँपको उत्पादकत्व प्रतिहेक्टर १०.७५ प्रतिशत छ ।

बेमौसमी आँप विभिन्न विषादीको प्रयोगबाट पकाइने भएकाले खाने बेलामा सावधानी अपाउनुपर्ने कोइरालाको सुझाव छ । ‘सामान्यतया आँप जेठ अन्तिमपछि बजारमा आउँछन्,’ उनले भने, ‘खानलाई तयार नभएको आँप नै पकाएर बजारमा ल्याइने हो । त्यसैले यो सेवन गर्नुअघि सावधानी अपनाउनुपर्छ ।’ खानकै लागि आँप ल्याइएको भए पनि बेमौसमी आँप नखानु नै उचित हुने उनले सुनाए ।

कालीमाटीको खुद्रा बजारमा आँप बेच्न सुरु भए पनि होलसेल बजारमा आएका छैनन् । आँपको मौसम सुरु भएपछि मात्र होलसेल बजारमा आँप पाइने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘खुद्रामा पसलमा बाहिरबाट ल्याएर अलिअलि आँप बिक्री गरिएको होला तर सिजन नै सुरु भइसकेको छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]