०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०८, २०७८

काठमाडौं – १३ वर्षको लामो पर्खाइपछि अन्ततः जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार’लाई दर्शकले हेर्न पाउने भएका छन् । हलिउड रिपोर्टर म्यागजिनका अनुसार ‘अवतार २’को दोस्रो ट्रेलर आगामी मे ६ मा रिलिज हुँदैछ ।

नेपालमा समेत छायांकन गरिएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेसन’ फिल्मसँगै ‘अवतार २’को ट्रेलर लन्च हुन लागेको हो ।

बेनेडिक्ट कम्बरब्याच स्टारर फिल्म ‘डक्टर स्ट्रेन्ज’ रिलिज हुन अब करिब दुई महिना मात्र बाँकी छ । ‘अवतार २’को ट्रेलर पनि यही फिल्मसँगै आउने भएपछि यो प्रतीक्षित बनेको छ ।

२.८४ बिलियन डलर कमाएको ‘अवतार’ विश्व फिल्म इतिहासमै सर्वाधिक कमाउने फिल्म समेत हो । सन् २००९ मा अवतार नेपालसहित विश्व बजारमा रिलिज भएको थियो । अवतारसँगै नेपालमा थ्रीडी फिल्म प्रदर्शन सुरु भएको हो ।

अवतारलाई विश्व फिल्ममा डिजिटल मुभमेन्टको थालनी गर्ने फिल्मको रुपमा समेत लिइन्छ । अवतार २ को प्लटबारे खासै नबताइएपनि यसका मुख्य पात्र ज्याक सुली (साम वर्थिङ्टन) र नेइट्री (जोया साल्दाना)ले सन्तान जन्माएका छन् र उनीहरु निकट बनेका छन् ।

साथै, पान्डोरा ग्रहमा ज्याक र नेइट्रीसहितलाई सखाप बनाएर आफ्नो बस्ती बसाउन मान्छेले गर्ने संघर्ष फिल्ममा चित्रण गरिएको छ । डिज्नेले वितरण गर्ने फिल्म भएकाले उसको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले फिल्मलाई नेपाल ल्याउने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]