
कानुन – न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले आवधिक निर्वाचनमा नेपालका अधिकांश राजनीतिक दलको सहभागिताले लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणमा थप टेवा पुग्ने बताएका छन् ।
नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलले सोमबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री बडूले वैशाख ३० गते सम्पन्न हुनेगरी स्थानीय तहको निर्वाचन तय भइसकेको र एक वर्षभित्र प्रदेश तथा सङ्घीय निर्वाचन गर्न सरकार लागिरहेको बताए ।
नर्वेका राजदूत ड्रम्डलले सबै नागरिकको न्यायमा सहज पहुँच, लोकतन्त्र र सुशासन नेपाल र नर्वेका समान प्राथमिकताका विषय भएकाले यस क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको बताए ।