काठमाडौं – नेपालका चर्चित उद्योगी विनोद चौधरीले स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चालेको आर्थिक विकासका कदमहरु महत्वपूर्ण रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका स्वर्गीय कोइरालाको १२औँ स्मृती दिवसमा श्रद्धान्जली व्यक्त गर्दै चौधरीले सो कुरा बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता चौधरीले २०४८ सालमा कोइराला नेतृत्वको सरकारले चालेको कदम नै आर्थिक विकासका लागि ऐतिहासिक महत्व रहेको बताए ।
त्यसैगरी गिरिजाबाबुले बनाएको आर्थिक सुधारको जगलाई अहिलेको समयमा अर्को तहमा पुर्याउनुपर्नेमा चौधरीको जोड रहेका छ ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपालको आर्थिक विकासका लागि २०४८सालमा गिरिजाबाबुको सरकारले चालेका कदम ऐतिहासिक महत्वका छन् । उहाले बनाउनुभएको आर्थिक सुधारको जगलाई अहिले अर्को तहमा पर्याउन जरुरी छ । आर्थिक सुधार र शान्तिप्रक्रियाका नायक दुरदर्शी नेता गिरिजाबाबुप्रति १२औं पुण्य तिथिको अवसरमा भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु ।’
२०६६ साल चैत ७ गते कोइरालाको निधन भएको थियो । स्वर्गीय कोइरालाको स्मृतीमा आज देशभर विभिन्न कार्यक्रमहरु गरिँदैछ ।