२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – नाबालिग बलात्कार उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ।

तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले जानकारी दिए।

‘प्रहरीबाट रायसहित अनुसन्धान मिसिल आएको छ, हामीले अध्यनय गर्दैर्छौं,’ शर्माले सेतोपाटीसँग भने, ‘भ्याएसम्म आजै मुद्दा दर्ता गर्छौं, नभ्याए भोलि।’

एक नाबालिग गायिकाले एक वर्षदेखि नायक शाहले विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। नाबालिगका परिवारले फागुन ११ गते उजुरी दिएपछि शाह फागुन १५ गते प्रहरी हिरासतमा पुगेका थिए।

पीडित नाबालिगले फागुन १५ गते नै नवलपुरमा प्रहरीमा समेत बलात्कार उजुरी दिएकी थिइन्।

नवलपुर प्रहरीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् बलात्कार मुद्दा दायर गरिसकेको छ।

नवलपुरस्थित एक रिसोर्टमा एक वर्षअघि भएको बलात्कारको मुद्दा दायर गर्ने हदम्याद सकिनै लागेकाले नवलपुरले छिटो मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।

नवलपुरमा दर्ता भएको अभियोगपत्रमा शाहलाई अधिकतम सजाय माग गरिएको छ।

फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेकाका शाहलाई त्यही दिन ७ दिन, फागुन २१ गते १२ दिन र चैत ४ गते ५ दिन म्याद थप गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]