२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

काठमाडौं – चीनको जिलिन प्रान्तमा कोरोना भाइरससँग सम्बन्धित प्रतिबन्ध थप कडा बनाइएको छ । लाखौं जनसंख्या भएको यस क्षेत्रमा दैनिक धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।

जिलिन सहरका अधिकारीले कोरोना प्रतिबन्ध थप कडा बनाउने घोषणा गर्दै आगामी सातादेखि घरबाहिर निस्किन नपाउने बताएका छन् ।अधिकारीहरूले भनेका छन्, ‘ठूलो मात्रामा परीक्षण पूरा नभएसम्म आफ्नो घरबाट बाहिर ननिस्कनुहोस् ।’

जिलिन प्रान्तको ९० लाख जनसङ्ख्या भएको सहर चाङचुङमा पहिले मानिसलाई खाना र पेयपदार्थ किन्न पसलसम्म पुग्ने अनुमति दिइए पनि अहिले त्यो सुविधा खारेज गरिएको छ । मानिसहरूलाई अब उनीहरूको आवासीय परिसर भित्रै बस्न भनिएको छ ।

दक्षिणी सहर सेन्जेनमा बिस्तारै प्रतिबन्धहरू खुकुलो पारिएको छ । निर्माण र ठूला प्राविधिक कम्पनीको यो सहरमा सोमबारदेखि सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]