१२ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय महाधिवेशन अनिश्चित समयका लागि स्थगन गरिएको छ । चैत ७ अर्थात् सोमबार (आज)बाट सुरू हुनुपर्ने संघको महाधिवेशन स्थगन गरिएको संघका निवर्तमान अध्यक्ष मिन विश्वकर्माले बाह्रखरीलाई जानकारी दिए ।

विश्वकर्माका अनुसार संघको महाधिवेशन वैशाखमा ३० मा हुने स्थानीय तह निर्वाचन पश्चात् गर्नेगरी स्थगन भएको हो । फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले चैत ९ गतेभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, संघले तयारी नपुगेको भन्दै महाधिवेशन स्थगन गरेको हो ।

यो बीचमा संघले सातै प्रदेशमा भने महाधिवेशन गराउन सफल भएको छ । तर, केन्द्रको भने अधिवेशन गराउन नसकिएको संघका अध्यक्ष विश्वकर्माको भनाइ छ ।

“हामीले ७७ जिल्ला र सात प्रदेशको अधिवेशन सम्पन्न गरिसकेका छौँ । केन्द्रको भने तयारी अपुग भएको कारण गर्न सकिएन । अब स्थानीय तह निर्वाचन पश्चात् अधिवेशन गराउँछौँ,” उनले भने ।

यता, पार्टी सहमहामन्त्री जीवन परियारले पनि संघको अधिवेशन स्थगन भएको बताए । “संघको पदाधीकारी साथिहरू बसेर महाधिवेशन स्थगन गर्ने निर्णय भएको सुन्नमा आएको छ,” उनले बाह्रखरीसँग भने ।

अध्यक्ष विश्वकर्माका अनुसार पार्टीको स्थानीय तह निर्वाचन केन्द्रित अभियानका कारण महाधिवेशन सारिएको हो । जिल्ला जिल्लाबाट आउनुपर्ने प्रतिनिधिहरू तथा संघमा आवद्ध पार्टीका जिम्मेवार नेताहरू पनि अभियानका कारण महाधिवेशन केन्द्रित हुन नसकेको उनको भनाइ छ ।

“पार्टीको अभियान सफल पार्न सबै त्यसतर्फ लाग्नुभएको छ । संघका जिम्मेवार साथीहरू पनि अभियानमा लाग्नुभएको छ,” उनले भने ।

अधयक्ष विश्वकर्माका अनुसार संघको महाधिवेशन मिति पार्टी केन्द्रीय कार्यसमिति बैठकले तोकेपछि मात्र यकिन गर्न सकिने बताए । “मिति अब पार्टी केन्द्रीय समितिले तोक्छ । सायद जेठ दोस्रो साता पुग्ला,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]