१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले मंसिर ३० र त्यसपछि अध्यादेश जारी गरेर गरेको विभिन्न ५२ संवैधानिक निकायमा गरेको पदाधिकारी नियुक्तिलाई खारेजी गर्ने तयारी भइरहेको बताएका छन्।

उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्नका लागि यस्तो खेल भइरहेको दाबी गरे। एमालेको पोलिटब्युरो बैठकमा बोल्दै उनले निर्वाचन कलात्मक रुपमा सार्नका लागि निर्वाचन आयोग र सत्ता गठवन्धनका बीचमा निरन्तर संवाद समेत भइरहेको दाबी गरे।

‘यस पटक कलात्मक रुपमा निर्वाचन सार्ने प्रयासमा गठबन्धन रहेको छ ’ उनले भने ‘निर्वाचन आयोगमा भएका नियुक्ति खारेज गरेर २ जनामात्र कायम गर्ने खेल समेत भइरहेको छ। अरुको अदालतबाट बदर गराउने अनि २ जनाले मात्र निर्वाचन हुँदैन भन्दिन परो भनेर निर्वाचन आयोगलाई सत्ता गठबन्धनले भनिरहेको छ।’

सर्वोच्च अदालतले यस विवादमा गत शुक्रवारदेखि सुनुवाइ थालेको छ। अर्को पेसी बुधबारका लागि रहेको छ। बुधबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलिया र इश्वरी पौडेलमात्र रहने छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]