१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा झण्डै १ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आवको साउनदेखि फागुनसम्म १ खर्ब ३८ अर्ब ९४ करोड ९४ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

८ महिनामा वीरगञ्ज भन्सारले भन्सार विभागले दिएको राजस्व लक्ष्यभन्दा ३.६ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । वीरगञ्ज भन्सारलाई विभागले ८ महिनामा १ खर्ब ३४ अर्ब १६ करोड ७ लाख ६२ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो ।

लक्ष्य भन्दा ३.६ प्रतिशत अर्थात ४ अर्ब ७८ करोड ८६ लाख ९५ हजार रुपैयाँ बढी राजश्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

यो वर्ष गत आर्थिक वर्ष ०७७/७८ को तुलनामा ३४ अर्ब ५ करोड ३४ लाख १२ हजार रुपैयाँ बढी राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ ।

संकलित कुल राजस्वमा भन्सार महसुल ५० अर्ब ६७ करोड ३० लाख ९६ हजार, मूल्य अभिवृद्धि कर ५४ अर्ब ७४ करोड २८ लाख ४० हजार, अन्तःशुल्क १५ अर्ब १९ लाख ९८ हजार उठेको छ ।

वीरगञ्ज भन्सारले ८ महिनामा १० अर्ब ८१ करोड ८० लाख ३२ हजार रुपैयाँ पूर्वाधार कर, भन्सार महसुल (निर्यात) १ अर्ब ६६ लाख ३० हजार, कृषि सुधार शुल्क ९८ करोड ५६ लाख २७ हजार, भन्सारसम्बन्धी अन्य आय वापत ७ करोड २१ लाख ५२ हजार, सडक मर्मत तथा सुधार दस्तुर २ अर्ब ९६ करोड ७९ लाख १५ हजार र सडक मर्मत तथा सम्भार दस्तुर वापत ३ अर्ब ७३ करोड ४१ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]