१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार पोल्याण्ड भ्रमणमा जाने भएका छन्। उनले अमेरिकी सैन्य गठबन्धन नेटो र युरोपेली संघका सहयोगी मुलुकसँगको बैठकपछि पोल्याण्ड जाने घोषणा गरेका हुन्।

बाइडेनले पोल्याण्ड भ्रमणको क्रममा युक्रेनमा अहिले चलिरहेको युद्धको लागि मानवीय सहायताको विषयमा पोल्याण्डका राष्ट्रपति आन्द्रेजेज डूडसँग छलफल गर्नेछन्।

सोमबार बाइडेनले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्रेगी र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोन वार्ता गर्नेछन्।

बुधबार बाइडेन नेटो र युरोपेली परिषद्को शिखर सम्मेलनमा भाग लिन ब्रसेल्स जाँदै छन्। साथै उनले जी–७ को बैठकमा पनि सामेल हुनेछन्।

ह्वाइट हाउसकी प्रवक्ताले युक्रेन जाने बाइडेनको कुनै योजना नरहेको स्पष्ट पारेकी छिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]