२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २५ मा काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्ने भएको छ।

पार्टीको बागमती प्रदेश समितिको आयोजनामा खुलामञ्चमा आमसभा गरिने प्रवक्ता मोहन श्रेष्ठले बताए। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको उनले बताए।

कार्यक्रम तयारीका लागि प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा पाँच सय ५५ सदस्यीय आयोजक समितिसमेत गठन भइसकेको उनले बताए।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन उपसमितिहरू पनि गठन गरिएको उनले बताए। उपाध्यक्षहरु ध्रुबबहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको थियो।

बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ। राप्रपा महाधिवेशनबाट राजेन्द्र लिङदेन अध्यक्ष चुनिएपछि उनी देशका विभिन्न ठाउँका सभाहरूमा पुगिरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]