२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०७, २०७८

सप्तरी – नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले हालै राजधानीमा एक समारोह आयोजना गरी सन् २०२१ को प्रतिभा पुरस्कार संगीतकार गणेश गुरुङ र प्रतिभा सम्मान गीतकार डा. कृष्णहरि बराललाई प्रदान गरेको छ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले गुरुङलाई एक लाख रुपियाँ र बराललाई ५० हजार रुपियाँसहित सम्मान र पुरस्कार हस्तान्तरण गरेका हुन्। काँइलाले पुरस्कार र सम्मानबाट प्रतिभाको उचित कदर भएको चर्चा गरे।

कार्यक्रममा पुरस्कृत गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताए। त्यसैगरी सम्मानित बरालले साहित्य सिर्जनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्दै तिनीहरूको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिए।

साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भए पनि सम्मान तथा पुरस्कारको रकम वृद्धि गरिनुपर्नेमा जोड दिए भने डा. रजनी ढकालले सम्मानित प्रतिभा डा. बराल र पुरस्कृत प्रतिभा गुरुङको योगदानको गरे। प्रतिभा प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष गणेश राईले प्रतिष्ठानले युद्ध साहित्य तथा डायस्पोरिक साहित्यलाई पनि प्रवद्र्धन गरिरहेको जानकारी गराए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]