२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । आफूले नेतृत्व गरेको पार्टी छिन्नभिन्न हुन लागेपछि मिश्र भने राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो समय मिश्र र मिलन पाण्डेबीच द्धन्द्ध चर्किएको थियो। मिश्रले
पाण्डेलाई मिलन पाण्डे पक्षका २६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेका थिए। लगत्तै, पाण्डे समूहले उक्त कारबाहीको कुनै औचित्य नभएको प्रष्ट पारेको थियो।

पार्टीका प्रवक्ता हरीशप्रसाद भट्टले विज्ञप्ती जारी गरेर उक्त कारबाहीलाई कायरताको पराकाष्ठा भनेका थिए । उनले जारी गरेको विज्ञप्तीमा भनिएको थियो,‘विवेकशील साझा पार्टीमा विधान विपरीत गठन गरिएको तथाकथित केन्द्रीय कार्यसम्पादन समितिले पार्टीका वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरिएको समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो कारबाही पटक पटक स्थगित गरिएको महाधिवेशन टारेर पार्टीका सदस्यहरूको ध्यान विकेन्द्रित गराउन रचिएको अर्को षडयन्त्र हो। पार्टीकै सदस्यहरूबाट अस्वीकृत हुने डरले पटक पटक महाधिवेशन र आन्तरिक लोकतन्त्रबाट भागेर अहिले सर्वोच्चमा अदालत विचाराधीन मुद्दामा पराजित हुने भयले आत्तिएर यस्ता मनगढन्थे निर्णय गर्नु कायरताको पराकाष्ठता हो।’

पाण्डे समूहले मिश्रलाई महाधिवेशनबाट भागेको आरोप लगाउँदै आएको छ । मिश्रले भने विचारभन्दा माथि देश भन्दै आफ्नो दस्तावेज सार्वजनिक गरेका थिए। उनको उक्त प्रस्तावसँगै नेपाली राजनीति तरंगित बनेको थियो । मिश्रले वैकल्पिक राजनीतिको कुरा गरेपनि आखिरमा पूरातनवादी सोच बोकेर हिँडेको उनकै पार्टीका नेता तथा कार्यकर्ताहरुले आरोप लगाउँदै आएका छन् ।

उता, राजसंस्थाको माग गर्दै राजनीति गरिरहेको राप्रपाका नेताहरुले भने मिश्रसँग एकताको लागि गृहकार्य गरेको पाईएको छ। अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएपछि लिङ्देन र मिश्रबीच भेटवार्ता भएको थियो । अहिले मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । विश्वस्त सूत्रका अनुसार मिश्र यही चैत्रभित्रै राप्रपामा प्रवेश गर्ने तयारीमा छन् । यसको लागि अहिले उनी र राप्रपा नेतृत्व तहमा छलफल भैरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]