२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

सुर्खेत – माओवादी केन्द्र परित्याग गर्नुभएका प्रदेश सभा सदस्य ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गर्नुभएको छ । आज आइतवार वीरेन्द्रनगरमा एमाले प्रदेश कमिटीले आयोजना गरेको वृहत् कार्यकता भेलामा विष्ट एमाले प्रवेश गर्नुभएको हाे ।

उहाँलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतले स्वागत गर्नुभएकाे थियाे । विष्टसहित माओवादी केन्द्र र अन्य पार्टीबाट केही व्यक्ति एमाले प्रवेश गरेका छन् ।

विष्टले माओवादी केन्द्र आफ्ना एजेन्डाबाट विचलित भएकाले आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले माओवादी केन्द्र जनता केन्द्रित नभएर व्यक्तिमा केन्द्रित भएको र अमेरिकी सहायता एमसीसी पास गरेकाले पार्टी परित्याग गरेको बताउनुभयो ।

विष्टले केही दिनअघि माओवादी केन्द्र परित्याग गरेको र सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँलाई आज माओवादी केन्द्र संसदीय दलले दलको सदस्यताबाट निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]