१८ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

सप्तरी – भारतको बिहारस्थित मधेपुरा जिल्लाको मुरलीगञ्ज थाना क्षेत्र र भागलपुरको विश्वविद्यालय थाना क्षेत्रअन्तर्गत साहेबगञ्जमा विषाक्त मदिरा सेवनबाट ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधेपुरामा लोजपाका ब्लक अध्यक्ष नीरज निशान्त पनि रहेको बताइएको छ । मृत्यु अन्य व्यक्तिमा डिग्धी गाउँपालिकाका पुरकी सिंह, नीरज निशान्त र सञ्जीवकुमार रमानी रहेका छन् ।

यसबाहेक मुरलीगञ्जको मुख्य बजारमा पनि एक जनाको मृत्यु भएको खबर आए पनि यसको पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ ।

स्थानीय पत्रकार अर्जुन कुमारका अनुसार मारकी सिंहको मृत्यु १८ मार्चको राति भएको थियो, त्यसपछि १९ मार्चमा दुई जनाको मृत्यु भएको थियो । मृतकका आफन्त उनीहरूको मृत्युबारे बोल्न मानिरहेका छैनन् । दर्जनौं बिरामीको गोप्य रूपमा निजी संस्थामा उपचार भइरहेको छ र मृत्यु भएकाको पनि गोप्य रूपमा दाहसंस्कार गरिएको बिबिसी हिन्दीले लेखेको छ ।

मुरलीगञ्ज सामुदायिक स्वास्थ्य केन्द्रका सञ्जीवले बिबिसीलाई भने, ‘१८ र १९ मार्चमा गम्भीर अवस्थामा ५ जना आएका थिए । उनीहरूलाई सास फेर्न गाह्रो भएको थियो । यसको कारण के हो, प्रष्ट भन्न गाह्रो छ । हामीले ती सबैलाई सदर अस्पतालमा रिफर गरेका थियौँ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]