सप्तरी – निर्माण व्यवसायी तेण्डी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको बाम्ती घर भएका शेर्पा कञ्चनजङ्घा निर्माण सेवाका प्रोप्राइटर हुन् । बैंकिङ कसुर मुद्दामा शेर्पालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
उनले दिएको १ करोड ६७ लाखको चेक बाउन्स भएको छ । ६३ वर्षीय शेर्पालाई महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।