०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

सप्तरी – १८ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो ‘हेल्लो जिन्दगी’ । फिल्मको अहिले धमाधम प्रचार–प्रसार भइरहेको छ । फिल्मको प्रचार र रिलिजमा सहभागी हुन बेलयात रहेका यसका कलाकार निर्माता विक्रम डि.जोशी पनि स्वदेश फर्किएका छन् ।

‘हेल्लो जिन्दगी’ मा विक्रम प्रमुख भूमिका छ । मुख्य भूमिकाको कलाकार बिना प्रचारप्रसार खल्लने हुने देखेर आफु नेपाल आएको बिक्रमले बताए । हरेक कोणबाट फिल्म गुणस्तरीय बनेकाले फिल्मबाट आफू निकै आशावादी रहेको उनले सुनाए ।

विक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने विश्वास ब्यक्त गरिन् । फिल्ममा ‘हेल्लो जिन्दगी’ मा विक्रमका साथमा प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुवदत्त, कुमुद पन्तलगायतको अभिनय छ । सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मातामा सबिता गुरुङ रहेकी छन् ।

महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा डि.क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् । ‘हेल्लो जिन्दगी’ को केही दिनअघि ‘कता कता’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको थियो । अब छिट्टै नै लोकशैलीको एक गीत दर्शकमाझ ल्याउने तयारी गरिएको जानकारी निर्देशक बोहराले दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]