
काठमाडौं – नेपाली टेलिश्रृंखला ‘मेरो कथा’ ले प्रसारणको ५१ औं श्रृंखला पुरा गरेकोमा सफलता कार्यक्रम आयोजना गर्दै कलाकारहरुलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा धारावाहिककी निर्देशक गीता नेपालको जन्मदिन समेत मनाइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत, कलाकार संघका उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अतिथिले श्रृंखलाको सफलताका लागि शुभकामना दिएका थिए ।
श्रृंखलाको ५१ औं भागबाट निर्देशकको जिम्मेवारी रामजी राउतले सम्हाल्ने छन् ।
यो श्रृंखलामा रमेश बुढाथोकी, पवन मैनाली, हिउँवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कँडेल, अनामिका चौलागाईं, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको श्रृंखला तेजुला खतिवडा र कृष्ण कार्कीले निर्माण गरेका हुन् ।
श्रृंखलामा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर, समिर मियाको भिएफएक्स, रामेश्वर हुमागाई छायांकन रहेको छ ।
कार्यक्रमका सम्पूर्ण कलाकारलाई मायाको चिनो र कदर पत्रसहित सम्मान गरिएको थियो ।