२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

काठमाडौं – अबदेखि फेसुबक र इन्स्टाग्राममा बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज र फेसबुकको माउ कम्पनी मेटाबीच मार्च १६ मा ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’ सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् ।

मेटाका संगीत रणनीति अभियान विभाग हेर्ने माइकल किङ र समाजको तर्फबाट प्रमुख सूचना प्रविधि अधिकृत मंगेश दत्तबीच सम्झौता भएको हो । ‘अबदेखि फेसबुक र इन्स्टाग्रामसहित मेटाका सबै प्लेटफर्ममा नेपाली गीत प्रयोग भएको खण्डमा रोयल्टी आउँछ,’ दत्तले अनलाइनखबरलाई भने ।

‘फेसबुक र इन्स्टाग्रामका स्टोरी, टाइमलाइन, रिल्सदेखि सबै फिचरमा अपलोड हुने गीतबाट रोयल्टी आउँछ,’ उनले भने ।

भारतीय म्युजिक प्लेटफर्म गाना, सावनजस्ता एपसँग पनि समाजले रोयल्टी सम्झौता गरेको छ । नेपाली संगीत वितरण कम्पनी बिट्स म्युजिकका सीईओ समेत रहेका दत्तले अप्रिलदेखि मे महिनासम्म टिकटक, स्पटीफाइ र युट्युबसँग यस्तो सम्झौता हुने तयारीमा रहेको बताए ।

दत्तकै नेतृत्वमा अहिले समाजले टिकटकसँग छलफल गरिरहेको छ । रोयल्टी पाउन भने सर्जकले रोयल्टी संकलन समाजमा गीत दर्ता गर्नुपर्ने हुन्छ ।

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी रोयल्टी पाउने नेपाली गीत ‘फुलबुट्टे सारी’ हो । जसले १० लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । ‘पछिल्लो समय सर्जक रोयल्टीलाई लिएर सचेत हुन थाल्नुभएको छ,’ दत्तले भने, ‘नेपाली गीतहरुले पनि धमाधम रोयल्टी पाउन थालेका छन् ।’

दत्त सीईओ रहेको वितरण कम्पनी बिट्सले अहिले नेपाली गीत संगीतलाई रोयल्टी दिलाउन पहल गरिरहेको छ । ‘यो निकै ठूलो बजार हो,’ दत्तले भने, ‘रोयल्टीतर्फ मात्र लाग्यौं भने पनि संगीतको अर्को बजार खोज्नुपर्दैन ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]