२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०६, २०७८

सप्तरी – ताप्लेजुङको सदरमुकाममा वन्यजन्तु देखिन थालेपछि सर्वसाधारण आतंकित भएका छन् । हिजो दिउँसो फुङलिङ २ को तारेबुङ,पारिभित्ता जंगल (सौरेबरालको घर छेउ) को सानो जंगलको बाँसघारीमा कालोभालु देखिएको हो । स्थानीय धर्म पौडेलले छरछिमेक तथा जनप्रतिनिधिहरुलाई भालु देखिएपछि खबर गरेका थिए ।

पौडेलका अनुसार मदन पौडेल र उनले गएर हेर्दा भालु त्यहिँ थियो । डरले उनीहरु भागेपछि भालु नजिकैको अम्रिसो बारीभित्र लुकेको स्थानीयले बताएका छन् ।

फुङ्लिङ २ का वडाध्यक्ष मोहन न्यौपानेका अनुसार गत फागुनदेखि गाउँघरमा जङ्गली जनावरहरु अत्यधिक देखिएको स्थानीयको गुनासो छ । विशेषगरी ताप्लेजुङमा घर नजिकै चितुवा,मृग,निगाले देखिएको खबर बारम्बार आउने गरेको न्यौपानेले बताए ।

यसअघि ताप्लेजुङ जिल्ला अस्पतालमा गत फागुन १९ गते साँझ भालु छिरेको थियो । त्यसपछि स्थानीयवासी थप आतंकित भएका थिए । चितवनबाट विज्ञ टोली झिकाएर चार दिनपछि अस्पतालको कोठामा थुनिएको भालुको सकुशल उध्दार गरी बासस्थानतर्फ फर्काइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]