२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

सप्तरी – एक हप्ता अघि मात्रै मैले यस्ता युवकको एउटा समूह भेटेँ जो युक्रेनमा चलिरहेको युद्धमा रुसविरुद्ध लड्नका लागि किभको एउटा सेन्टरमा स्वयंसेवको रुपमा योगदान दिइरहेका छन् ।

यीमध्ये धेरैजसो किशोर थिए जसले स्कूल छोडेको धेरै भएको छैन । तीन दिनको साधारण तालिमपश्चात् उनीहरु युद्धमा फ्रन्ट लाइन वा त्यसको निकै नजिक जाने उनीहरुले बताए ।

१९ वर्षका मेक्सिम लुत्सिक जीव विज्ञानका विद्यार्थी हुन् । उनका अनुसार एक हप्ताभन्दा पनि कमको तालिमपछि सेनामा जवान बन्ने कोसिसले उनलाई कत्ति पनि विचलित बनाएको थिएन । किनभने स्काउटमा उनले पाँच वर्ष बिताइसकेका थिए, त्यहाँ उनले हतियार चलाउने तालिम पनि लिएका छन् ।

युक्रेनमा पृथकतावादीको युद्ध हुँदा उनी १० वर्ष मात्रै पुगेका थिए । यी पृथकतावादीलाई रुसले प्रायोजित गरिरहेको थियो ।

सेना बन्नका लागि मेक्सिम आफ्ना १८ वर्षका साथी दिमित्री कसिलेन्कोसँग गएका थिए जो युनिभर्सिटीमा अर्थशास्त्रको पढाई गरिरहेका थिए ।

सेनामा भनाए भएका केही यस्ता किशोर थिए जसले अब निश्चित गरिसकेका थिए कि अब उनीहरु बच्चा बनेर बस्नु हुँदैन । आफूलाई बहादुरको रुपमा प्रस्तुत गर्न उनीहरु केही मजाकमा मज्जाले हासिरहेका थिए ।

यीमध्ये केहीले आफ्नो घुँडामा प्याड लगाएका थिए जुन निकै सानो देखिएको थियो र यस्तो लागिरहेको थियो कि उनीहरुले आफ्नो १२ औँ जन्मदिनमा स्केटबोर्ड लिएर आएका छन् । कोहीसँग स्लिपिङ ब्याग थियो, एकजनासँग योगा म्याट थियो ।

‘यस्तो लागिरहेको थियो कि केही साथी पर्व मनाउनका लागि गइरहेका छन्’

जब उनीहरु ट्रेनिङ बेस जानका लागि आफ्नो बसको प्रतीक्षा गरिरहेका थिए तब यस्तो लागिरहेको थियो कि केही साथी पर्व मनाउन कतै जाँदैछन् । तर यी किशोरहरुको हातमा भएको बन्दुकले अर्कै कहानी बयान गरिरहेको थियो । उनीहरु सबैलाई एउटा कलाश्निकोव असल्ट राइफल दिइएको थियो ।

म दिमित्री र मेक्सिमसमेत केही स्वयंसेवकको सम्पर्कमा थिएँ । यो हप्तामा शहरको पूर्वतर्फ ती पोस्टमा गएँ जहाँ उनीहरु तैनाथ थिए । त्यहाँ उनीहरुलाई युनिफर्म दिइएको थियो, साथै कवच र प्याड–हेलमेट पनि प्रदान गरिएको थियो । यी लडाकू आफ्नो आधारभूत प्रशिक्षणको सर्वश्रेष्ठ दिने कोसिस गरिरहेका छन् ।

दिमित्रोले मलाई भने, ‘मलाई आफ्नो बन्दुकको बानी परिरहेको छ । मैले बन्दुक हान्न र युद्धमा के गर्ने भनेर सिकिसकेको छु, साथै ती कुरा पनि सिकेको छु जुन रुसविरुद्धको लडाईंमा महत्वपूर्ण छ । ’

मेक्सिम थोरै सावधान र गम्भीर देखिन्छन् ।

‘मेरो आत्मविश्वास पहिलाको तुलनामा बढेको छ किनभने यहाँ हामीलाई विभिन्न तरिकाको जानकारी दिइएको छ, मार्शल आर्टसमा, औषधीमा र युद्धको मैदानमा कहाँ के गर्ने, यी सबै कुराको जानकारी भएको छ ।’

यहाँ सबैको दिमागमा एउटा प्रश्न छ, ‘के लडाईं किभतर्फ बढिरहेको छ त ?’ । दिमित्री भन्छन्, ‘यो निश्चित रुपमा सम्भव छ । हामीले बस उनीहरुलाई रोक्नुपर्छ किनभने यदि उनीहरु किभ पुग्छन् भने युद्ध समाप्त हुनसक्छ ।’

परिवारबारे के सोच्छन् यी स्वयंसेवक ?

यी किशोर रुसको सीमा नजिकै त्यसै इलाकाका हुन् जसमा गोलीबारी गरिँदै छ । उनीहरुको परिवार अहिले पनि त्यहाँ नै छन् । मैले उनीहरुलाई ‘तपाईंहरुले जे गरिरहनुभएको छ, त्यसबारे तपाईंका आमा–बुवा के सोच्नुहुन्छ ?’ भनेर सोधेँ । मेक्सिमले ठट्यौली पारामा भने, ‘मेरी आमाले मलाई शेल्टरमा नै बस्न र खाना बनाउन सहयोग गर्न भन्नुभएको थियो । ’

मेक्सिमले आफ्नो तैनाथीबारे परिवारलाई बताएका थिएनन् किनभने उनका घरका सदस्य चिन्तामा हुन्थे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]