२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १०८ सवारीसाधन कारबाहीमा परेका छन्।

बिहीबार होलीको दिन उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने १०८ सवारीसाधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिए।

१०४ दुई पाङ्ग्रे र चार वटा पाङ्ग्रे गाडी कारबाहीमा परेको उनले बताए।

कारबाहीमा पर्नेहरूमा मापसे गर्ने, सवारीचालक अनुमतिपत्र नबोक्नेहरू रहेको महाशाखाले जनाएको छ।

यद्यपि कुन कारणले कारबाहीमा परेको संख्या बेलुकीमात्रै आउने उनले बताए।

होलीमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजरमा राख्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था तयार पारिएको छ।

त्यसअनुसार महाशाखाले काठमाडौं उपत्यकामा ६८ ठाउँमा विशेष चेक पोइन्ट राखेको छ।

उच्छिङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ।

यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार होलीको लागि उपत्यकामा ३५ सय बढी प्रहरी परिचालित छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]