२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

काठमाडौं – मुलुकभर मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर आज चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफरअन्तर्गत ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ मा ६ जीबी डाटा ३ दिन र २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीहरूको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ । यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने
नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

टेलिकमले आफ्नो इतिहासमा पहिलोपटक बोनस सेयर दिएको हो । लाभांश वितरणसँगै टेलिकमको चुक्ता पुँजी १५ अर्बबाट १८ अर्ब पुग्ने बताइएको छ । यस्तै, टेलिकमले चैत २४ मा साधारणसभा गर्ने निर्णय गरेको छ । टेलिकमको बोनस सेयर चैत १० सम्म सेयर किनेका सेयरधनीले पाउनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]