२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

सुर्खेत – कर्णालीमा स्थानीय खाद्यान्न उत्पादनमा ह्रास हुँदै आएको छ। कर्णालीमा उत्पादन हुने स्थानीय बाली, जौ, कोदो, फापर, सिमी, चिनो, कागुनो, धान, मकैलगायत खाद्यान्न बाली उत्पादनमा ह्रास आएको हो।

स्थानीय बाली उत्पादनमा कमी आउँदा अन्य क्षेत्रबाट आयात हुने खाद्यान्नको माग बढ्दै गएको छ। कर्णालीमा खेतीयोग्य जमिन मासिँदै जाँदा र पुराना खाद्यबाली उत्पादनमा कमी आएको छ। जसले खाद्यान्न आयातमा वृद्धि भएको छ।

कर्णालीमा खाद्यान्न उत्पादनमा कमी र खेती योग्य जमिन मासिदैँ जादा वार्षिक ३८ हजार ८ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मात्रै गत वर्ष झन्डै १ लाख क्विन्टल चामल बिक्री गरेको र बजारमा त्यसको झन्डै ४ गुणा चामल व्यापारीमार्फत बिक्री हुने गरेको खाद्य व्यवस्था र व्यापार कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।

कर्णालीमा १९ हजार हेक्टर क्षेत्रफलमा कोदो लगाउन सकिने भए पनि करीब २ हजार हेक्टरमा मात्र कोदो खेती गरिएको, त्यसबाट गत वर्ष २१ हजार मेट्रिक टन कोदो उत्पादन भएको र साढे ११ हजार हेक्टर क्षेत्रफलमा जौ खेती गर्न सकिनेमा करिब ५ हजार हेक्टरमा खेती गरिएको त्यसबाट गत वर्ष साढे १४ हजार मेट्रिक टन जौ उत्पादन भएको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए।

“कृषकहरूले बढी उत्पादन गर्ने लोभमा स्थानीय बाली लगाउन छोड्दा कर्णालीमा खाद्य परनिर्भरता बढेको छ”, उनले भने, “गत आर्थिक वर्षमा ४५ हजार ४ सय ४९ हेक्टर क्षेत्रफलमा १ लाख ५५ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन भएको थियो।”

कर्णालीमा कुल जमिनको ९.९ प्रतिशत भूभागमा मात्रै खेती गरिएको र खेतीयोग्य जमिनमध्ये २७.५५ प्रतिशत जग्गा अझै बाँझो रहेको रहेको प्रवक्ता केसीले बताए।

कर्णालीका हिमाली जिल्लाको रैथाने बाली भनेर चिनिएको चिनो र कागुनो करिब ३ हजार हेक्टरमा खेती भइरहेको छ। जसमध्ये १७.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]