
काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद सेयर यही चैत १० गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । त्यतिबेला बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा राख्ने भएको हो ।
लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन ।
लिलामीमा राखिने सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।