२३ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०३, २०७८

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । उनको यो भनाइपछि रुस रिसाएको बताइएको छ ।

बाइडनले ह्वाइट हाउसमा एक सञ्चारकर्मीसँग जवाफका क्रममा उक्त टिप्पणी गरेका थिए । विनातयारी त्यस्तो टिप्पणी बाइडेनले गरेको बताइएको छ । यसले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइन्छ ।

रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य र अक्षम्य’ बताएको छ ।

बुधवार एक जना सञ्चारकर्मीले बाइडलाई ‘सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ त ?’ भनेर प्रश्न गरेका थिए ।

सुरुमा बाइडनले ‘छैन’ भन्ने जवाफ फर्काएका थिए । तर सञ्चारकर्मीले प्रतिप्रश्न गरेपछि बाइडेनले भनेका थिए, ‘के मैले भन्नेछु भनेर सोध्नु भएको हो ? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन् ।’

रुसी राष्ट्रपति पुटिनको निन्दा गर्न बाइडेनले यस्तो भाषा प्रयोग गरेको यो पहिलो पटक हो । तर पछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बाइडनको उक्त भनाइ आधिकारिक नभएर केवल व्यक्तिगत मनबाट बोलेको भनी बचाउ थरेको थियो ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले बचाउ गर्दै भनेकी थिइन्, ‘राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको बर्बर तस्बिर देखेपछि आफ्नो मनबाट बोलेको हुन्, आधिकारिक रूपमा घोषणा गरिएको होइन ।’ उनका अनुसार आधिकारिक रुपमा युद्ध अपराध निर्धारण गर्नका लागि भने विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको छ ।

उता पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले चाहिँ रूसी समाचार संस्था टासमार्फत् भनेका छन्, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य र अक्षम्य मान्छौँ । जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ, उसैले हामीलाई युद्ध अपराधी भन्ने ?’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]