
काठमाडौँ – राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको निधन भएको छ । ७३ वर्षीय उनको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी पछिल्लो समय मिर्गौलाको समस्या लगायतबाट ग्रसित थिए । स्ट्रोकका कारण उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका जानकार उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)बाट अवकाशप्राप्त थिए । अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका बारेका उनका कृतिहरु समेत प्रकाशित छन् ।
कान्तिपुर दैनिकमा करिब ९ वर्षजति स्तम्भकारका रुपमा उनी रहेका थिए । पाक्षिक रुपमा उनका लेख छापिन्थे ।
उनका श्रीमती र ३ छोरी रहेका छन् ।