२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ मा रहेको ईलाका प्रहरी कार्यालय ठिंगनको नव निर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ ।

कार्यालय, ब्यारेक तथा भान्सा घरको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सजिलो भएको बताए ।

भवन निर्माणले प्रहरीको मनोबल उच्च भएको बताउदैं ठिंगन क्षेत्रको शान्ति सुरक्षामा थप बल पुगेको बताए ।बागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आ।व।२०७५र०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरूको निर्माण कार्यको थालनी भएको थियो । जसमध्ये यस कार्यालय ३९ औँ भवन अन्तरगत पर्दछ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट २ करोड ८१ लाख ३३ हजार ८२३ रुपियाँको लागतमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हाल सम्म ३९ वटा निर्माण सम्पन्न भई ३७ वटा उद्घाटन भएको एक वटा प्रहरी इकाई उद्घाटन गर्न बाकीँ रहेको बताइएको छ ।

साथै एउटा भवन चैत्र मसान्तमा र बाकी ५ वटा वैशाख मसान्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको समेत जनाएको छ ।ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामामा निर्माण गरिएको छ ।

नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुईँ तल्लामा कार्यालय प्रयोजनको निमित्त ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेका छन् ।

कान्तिलोकपथ अन्तरगत पर्ने उक्त भवन उद्घाटन कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, बागमती प्रदेश सरकारका सचिव रुद्र सिंह तामाङ, जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, सशस्त्र प्रहरीका एसपी रणबहादुर कार्की लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]