२४ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०२, २०७८

काठमाण्डाै – छिटो राहदानी (पासपाेर्ट) बनाइदिने भन्दै सेवाग्राही ठग्ने र सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ परेका छन् । राहदानी विभाग त्रिपुरेश्वरमा राहदानी बनाउन लाइन बसेका सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै रकम लिइरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको टोलीले १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको माडीका अमृत थापा र प्रज्वल खड्का, बाग्लुङका रञ्जित कार्की, म्याग्दीका रामजी परियार, ललितपुरका गोमा बजगाइँ र रमेश बजगाइँ, रामेछापका रिठे मगर, पाल्पाका जीवनकुमार श्रेष्ठ, काभ्रेका सन्दीप मैनाली, सिन्धुलीका अभिषेक मगर, दैलेखका निरञ्जन तिवारी र धादिङका मदन तामाङ रहेका छन् ।

उनीहरूले प्रहरी चारित्रिक प्रमाणपत्र, कोरोनाविरुद्धको खोप लगाएको कार्ड र विद्युतीय राहदानी फारममा नक्कली सरकारी छाप बनाएर किर्ते गरेको प्रहरीले जनाएको छ ।

राहदानीको कामलाई सरकारले व्यवस्थित र छिटो छरितो गर्न नसक्दा दैनिक हजारौँले सास्ती भोग्दै आएका छन् । सरकारी कमजोरीको फाइदा उठाउँदै ठगहरू सक्रिय भएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]