सप्तरी – सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ ।
फागुन ३० गते बसेको टेलिकमको सञ्चालकको समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत लाभांश दिने भएको प्रस्ताव गरेको हो ।
उक्त बैठकले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस गरी जम्मा ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बोनस शेयर तथा नगद वितरणको प्रस्ताव अनुमोदनका लागि १४ औं वार्षिक साधारणसभामा सिफारिस गर्ने निर्णय समितिले गरेको छ ।
अहिले टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । अब २० प्रतिशत बोनस शेयर दिएपछि टेलिकमको पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ ।